Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

दुर्गा प्रसाईको अभियानप्रति विष्टको कडा टिप्पणीः अर्धचेत र पागलपनबाट ग्रसित

सुर्खेत ।
दुर्गा प्रसाईको अभियानबारे नेकपा माओवादीका नेता एवम राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले कडा टिप्पणी गरेका छन् । उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुर्गा प्रसाई र केशर विष्ट मान्छे हेर्दा सचेत र शिक्षित भएको जस्तो देखिएपनि कतैबाट अर्धचेतसहित परिचालित भएको आरोप लगाएका हुन ।

‘दुर्गा प्रसाई र केशर विष्ट मान्छे हेर्दा सचेत पढेलेखेका देखिने, मञ्चमा बोलि सुन्दा अर्धचेत कोहिबाट परिचालित पागलपन देखिने, गजेडि ड्रग्सवाला पारस शाहालाई राजा मान्ने तिनिहरूलाई मेरो प्रश्न ?’

उनले लेखेका छन्, ‘कोसी, गण्डकी, महाकाली बेच्दा होस, या जनकपुर चुरोट कारखाना, गोरखकाली टायर, हेटौँडा कपडा उधोग, भृकुटी कागज उद्योगलगायत बेच्दा लालमोहर लगाउने राजा थिएनन ? नेपालका बहुमुल्य मन्दिरका मुर्ति चोरी गरि विदेश वेच्ने राजा हैनन ? लिपुलेख काला पानीमा भारतीय सेना राख्न दिने राजाले हैन ?’


सम्बन्धित समाचार