Loading... आजः ४ पुष २०८१, बिहीबार

माओवादी निकट कर्मचारी संगठनको अध्यक्षमा गिरी चयन

सुर्खेत ।
नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका देवेश्वर गिरी चयन भएका छन् ।

आज सम्पन्न भएको अधिवेशनले उनको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरेको उपाध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । उनका अनुसार हाल २८ सदस्यीय कमिटि गठन गरिएको हो ।

उपाध्यक्षमा शर्मासहित जमानसिंह परियार, ललिता वोगटी, लोकबहादुर शर्मा र शिवराम केसी चयन भएका छन् ।

सचिवमा सुर्खेतका रमेश खड्का चयन हुँदा सहसचिवमा गोपा बुढा र हंस महतारा चयन भएका हुन । यस्तै कोषाध्क्षमा पुनम विक चयन भएका छन् ।

 


सम्बन्धित समाचार