विजनेश विनै कर्णाली प्रदेश सभाको वैठक आज बस्दै
सांसदले विशेष समय लिएर बोल्ने
सुर्खेत ।
कर्णाली प्रदेश सभाको माघ ६ गते स्थगित भएको छैठौं वैठक आजबाट बस्ने भएको छ । आज दिउसो तीन बजे सुरु हुने वैठकमा कर्णालीका सांसदहरुले सरकारको चर्को आलोचना गर्ने सम्भावना देखिएको हो ।
कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनैपनि विजनेश दिन असमर्थ प्रदेश सरकारको आज सांसदहरुले चर्को आलोचना गर्ने भएका हुन ।
‘कर्णाली प्रदेश सरकारले हालसम्म एक विधेयक पनि प्रदेश सभामा दर्ता गरेको छैन । सदनलाई विजनेश दिने काम सरकारको हो ।’ प्रदेश सभा सचिव जीवराज बुढाथोकी पहिलोप्रेससँग भन्छन्, ‘सरकारले जति बढि विजनेश दिन्छ त्यति बढि सदन चल्ने हो ।’
उनले सम्भवतः आज बस्ने वैठकमा सांसदहरुले विशेष समय लिएर बोल्ने सम्भावना रहेको बताए ।
पहिलोप्रेस
१२ चैत्र २०७९, आईतवार ०९:३४