कर्णाली सरकारमा जान मरिहत्ते गर्दैनौंः नेता शाही
सुर्खेत ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली काँग्रेसले प्रतिपक्षी विहीन संसद कल्पना पनि गर्न नसक्ने बताएका छन् । केन्द्रमा भएको सत्ता गठबन्धन फेरबदलबारे आज विहान पहिलोप्रेससँग संक्षिप्त कुरा गर्दै पूर्व मुख्यमन्त्री शाहीले प्रतिपक्षविहीन संसद लोकतन्त्रको मर्म विपरित हुने प्रतिक्रिया दिएका हुन ।
उनले आफूहरु सरकारमा जान मरिहत्ते नगर्ने बताए । ‘हालकै सरकारले राम्रो काम गरेर जाओस । उहाँहरुसँग अहिले बहुमत छदैंछ । उहाँहरुले मिलेर सरकार चलाएमा हामीलाई आपत्ति छैन बस प्रदेशको विकास हुनुप¥यो ।’ उनी भन्छन्, ‘काँग्रेस सरकारमा जान मरिहत्ते गर्दैन ।’
उनले हालसम्म कर्णालीमा सत्ता फेरबदलबारे कुनैपनि छलफल नभएको बताए । ‘हालसम्म माओवादी र काँग्रेसबीच त्यस्तो कुनैपनि छलफल भएको छैन ।’ उनले भने, ‘यद्यपी सबै दल मिलेर जानुपर्छ भन्ने कुरा आइरहेको छ । लोकतन्त्रमा सदनमा सशक्त प्रतिपक्ष हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । प्रतिपक्षी विनाको संसद भनेको लोकतन्त्रको जग हसाउने काम हो ।’
सदनको ठूलो दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा छ भने एमाले र माओवादीले सरकार सञ्चालन गरिरहेका छन् । एमालेले हालसम्म कर्णाली प्रदेश सरकारलाई दिइएको सर्मथन फिर्ता लिएको छैन भने काँग्रेस पर्ख र हेरको नीतिमा कायमै रहेको छ ।
उसो त, कर्णालीका जनताले नेपाली काँग्रेसलाई नै सरकारको नेतृत्व गरेर जाउ भन्ने जनादेश दिएको बताउँदै नेता शाहीले राजनीति कसरी अघि बढछ भन्नेमा काँग्रेस नजर डुलाई रहेको बताए ।
पहिलोप्रेस
१२ चैत्र २०७९, आईतवार ०९:४७