देश अस्थिरतातर्फ जाने निश्चितः उपाध्यक्ष पौडेल
सुर्खेत ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देश अस्थिरतातर्फ जाने करिब निश्चित भएको प्रतिक्रिया दिएका छन् । अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा आइपुगेका उपाध्यक्ष पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका हुन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ ।
‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन ।’
उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि प्रचण्डले धोका दिनुभयो ।’
उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।
पहिलोप्रेस
१२ चैत्र २०७९, आईतवार ०९:५३