दैलेखमा माओवादी झाँगिदैं, खाँड र नेपाली माओवादीमा प्रवेश
सुर्खेत ।
कर्णाली प्रदेशमै नेकपा माओवादी केन्द्र सबैभन्दा कमजोर रहेको दैलेखमा पछिल्लो समयमा पार्टी प्रवेश गर्ने क्रममा तीव्रता आएको छ । संघ तथा प्रदेश निर्वाचन पछि नेकपा माओवादी केन्द्रमा एमालेकका नेताहरु प्रवेश गर्ने क्रममा तीव्रता आएसँगै दैलेखमा नेकपा माओवादी बलियो शत्तिःको रुपमा उदाउन थालेको हो ।
आज काठमाडौंमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम संगठन विभाग प्रमुख जर्नादन शर्मा प्रभाकरले दैलेख एमालेमा लामो समयसम्म राजनीति गरेका दिग्गज दुई नेतालाई स्वागत गरेका हुन ।
संसदीय निर्वाचनमा नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र रुपमा प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार बनेका गोपाल नेपाली र नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरी कर्णाली प्रदेशसभामा बागी उमेदवार बनेका टेकबहादुर खाड आज नेकपा माओवादीमा प्रवेश गरेका हुन ।
‘एमालेमा पहुँचको आधारमा मात्रै अवसर दिने, आफू निकटकालाई मात्रै काखी च्याप्ने निरंकुश शैली हावी हुँदै गइरहेको छ । एमालेबाट कर्णालीका मात्रै नभई देशको रुपान्तरण नहुनेमा ढुक्क भएका कारण आज हामी माओवादीमा प्रवेश गरेका हौं ।’ नवप्रवेशी नेपालीले भने, ‘माओवादी आन्दोलनको बलमा देशमा संघीयता आएको र संघीयतालाई बलियो बनाउन नेकपा माओवादी नै अब्बल रहेको निष्कर्ष हाम्रो हो ।’
पहिलोप्रेस
१४ चैत्र २०७९, मंगलवार १७:४०