दैलेखको हाडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना, नागरिकको सुरक्षामा कोसेढुङ्गा बन्ने उपाध्यक्ष शाहीको अपेक्षा
सुर्खेत ।
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको हाडाकोटमा आज अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी चौकी स्थापना भएसँगै यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम हुने अपेक्षा स्थानीयले राखेका छन् । लामो समयदेखि यस स्थानमा प्रहरी चौकी राख्नुपर्ने माग स्थानीयले गर्दै आइरहेपनि आज भने नागरिकको सपना पुरा भएको हो ।
‘यस क्षेत्रमा प्रहरीको आगमनसँगै शान्ति सुव्यवस्था कायम हुने र समाजलाई आपराधिक गतविधिबाट मुक्त पार्ने अपेक्षा गरेको छु ।’ कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले प्रहरी चौकीको उदघाटन गर्दै भने, ‘सुरक्षा निकायको उपस्थिति भएसँगै यस क्षेत्रमा व्यापार व्यवसाय फस्टाउने र नागरिकको आर्थिक उन्नती र प्रगतिमा वृद्धि हुने अपेक्षा गरेको छु ।’
उनले प्रहरी चौकी स्थापना हुनु हाडाकोटका लागि सुरक्षामा कोसेढुंगा सावित हुने अपेक्षा गरेको बताए ।
पहिलोप्रेस
१४ चैत्र २०७९, मंगलवार १८:०५