Loading... आजः ४ पुष २०८१, बिहीबार

रणनीति तय गर्न माओवादी संसदीय दलको वैठक ११ बजे बस्दै

सुर्खेत ।
मुख्यमन्त्री राजकुमार शर्माले आज दिउसो तीन बजे प्रदेश सभामा दोश्रो पटक विश्वासको मत लिने भएपछि त्यसकालागि आवश्यक रणनीति तय गर्न नेकपा माओवादी संसदीय दलको वैठक विहान ११ बजे बस्ने भएको छ ।

दलका प्रमुख सचेतक रणसिंह परियारका अनुसार प्रदेश सभा प्राङ्गणभित्र रहेको दलको कार्यालयमा आज विहान ११ बजे विश्वासको मत लिने बारेमा आवश्यक रणनीति तय गर्न बैठक आव्हान भएको हो ।

‘विहान ११ बजे हाम्रो दलको वैठक बस्दैछ ।’ पहिलोप्रेससँग उनले भने, ‘त्यसकालागि सबै तयारी पुरा भइसकेको छ ।’


सम्बन्धित समाचार