कर्णालीका भाग्यमानी मुख्यमन्त्री शर्मा, जसले दोश्रो पटक पाए सदनमा झण्डै ९५ प्रतिशत मत
काँग्रेस, एमालेबाट पनि पाए विशवासको मत
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा भाग्यमानी मुख्यमन्त्री सावित भएका छन् ।
माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका मुख्यमन्त्री शर्मा दोश्रो पटक आज विश्वासको मत लिँदा प्रदेश सभाको ९५ प्रतिशत मत प्राप्त गर्न सफल भएका छन् ।
उनलाई सदनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एस, र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन ।
उनको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिएकी थिईन ।
४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज कुल ३९ जनाको सहभागिता रहेको थियो । उनको पक्षमा ३८ मत परेको छ भने उनको विपक्षमा १ मत मात्र परेको सभामुख नन्दा गुरुङले जानकारी दिईन ।
अब सदनको अर्को वैठक चैत १९ गते बस्ने भएको छ ।
पहिलोप्रेस
१७ चैत्र २०७९, शुक्रबार १७:२९