समाचार प्रभावः सामाजिक विकास मन्त्रालयले गर्ने भनेको मोटरसाईकल र्याली अब नहुने
सुर्खेत ।
पहिलोप्रेसमा लैङ्गिक विभेद अन्त्य गर्ने नाममा पर्यटकीय स्थलहरुमा घुमफिर गर्ने योजना सहित चैत तीस गते काँक्रेविहार देखि दैलेखको पञ्चकोशी लगायतका क्षेत्रमा गर्ने भनिएको महिला मोटरसाईकल र्याली अब नहुने भएको छ । एक संस्थासँगको समन्वयमा महिला तथा बालबालिका महाशाखा कार्यालयले गर्ने भनिएको उक्त र्यालीमा सहभागि हुनका लागि मन्त्रालयले एक सूचना जारी गरेर विवरण माग गरेको थियो ।
सोही अनुसार काँक्रेविहारबाट सुरु गरेर दैलेखको पञ्चकोशी हुँदै किर्तिखम्ब भएर सोही दिन बेलुका वीरेन्द्रनगरको वीरेन्द्रचोक आएर उक्त यात्रा समापन गर्ने तयारी भएको महाशाखा प्रमुख अनिता ज्ञवालीले पहिलोप्रेसलाई बताएकी थिईन । तर उक्त कार्यक्रम सुरक्षा तथा अन्य हिसाबलेसमेत जोखिम हुने र फगत घुमफिर मात्रै हुने, त्यसबाट न त विभेद न त लैङ्गिक हिंसा अन्त्य हुने भन्दै पहिलोप्रेसले समाचार लेखेको थियो ।
सोही समाचारका आधारमा मन्त्रालयले ‘एक्सन’ लिएर उक्त कार्यक्रम नगर्न निर्देशन दिएको हो । कार्यक्रममा सहभागि हुनका लागि आफ्नै मोटरसाईकल भएका, लाईसेन्स भएका महिलाहरु सहभागि हुने बताइएको थियो ।
त्यसकालागि मन्त्रालयले उनिहरुको मोटरसाईकलमा तेल हाल्दिने, उनिहरुलाई खाना र नास्ताको व्यवस्था गर्ने तयारी समेत गरेको थियो ।
पहिलोप्रेस
२ बैशाख २०८०, शनिबार १०:५३