Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

‘मिसन ग्रासरुट’ अभियानको समिक्षा गर्न एमाले शीर्ष नेता आउँदै

मालेका उपाध्यक्ष सुवास नेम्वाङ्ग, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र  सचिव योगेश भट्टराई सुर्खेत आउने

सुर्खेत ।
नेकपा एमालेले सुरु गरेको ग्रासरुट अभियानको प्रादेशिक समिक्षा गर्न एमालेका शीर्ष नेताहरु सुर्खेत आउने भएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटिका उपसचिव टेकराज पछाईका अनुसार वैशाख ४ र ५ गते सुर्खेतको सिद्धार्थ होटलमा आयोजना हुने उक्त समिक्षा कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्ग, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र  सचिव योगेश भट्टराई  सुर्खेत आउन लागेका हुन ।

‘हाम्रो अभियानमा भएका गतिविधि, त्यसबाट पार्टीलाई भएको फाईदा वा वेफाईदा, र अभियानको समग्र मूल्यांकनका लागि वैशाख तीन गते प्रदेश कमिटिको वैठक बस्ने भएको छ । यस्तै एमाले संसदीय दलको वैठक पनि बस्नेछ ।’

उनले भने, ‘चार र पाँच गते हामी शीर्ष नेताहरु सहभागि वैठकमा ग्रासरुट अभियानको समिक्षा गर्छौं । त्यसको तयारी हामीले सुरु गरिसकेका छौं ।


सम्बन्धित समाचार