कर्णालीमा सत्ता समिकरणबारे लिखित सहमति गर्न भोली माओवादी र काँग्रेसको वैठक बस्दै
सुर्खेत ।
नेकपा एमाले र माओवादीको सर्मथनमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारबाट एमाले बाहिरिएसँगै कर्णाली प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादीबीच भोली वैशाख तीन गते विहान आधिकारिक रुपमा भागवन्डाका विषयमा छलफल हुने निश्चित भएको छ ।
नेपाली काँग्रेस निकट स्रोतका अनुसार भोली विहान नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्मा, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहदुर शाहीलगायतको भेटवार्ता हुने निश्चित भएको हो ।
‘आवश्यक भागवण्डा लगायतका विषयमा छलफल गर्न इन्चार्ज मल्ल आजै वीरेन्द्रनगर आइपुग्नुहुनेछ । यसअघि एमालेसँग भएको लिखित चार बुँदे सहमति जस्तै नेपाली काँग्रेससँग पनि सत्ता भागवन्डाका बारेमा लिखित सहमति हुने भएको हो । त्यसको तयारी आन्तरिक रुपमा तीव्र रुपमा भइरहेको छ ।’ स्रोत भन्छ, ‘सकभर भोली नै हस्ताक्षर हुने र एक\दुई दिनपछि सरकारमा काँग्रेस सहभागि हुने भएको छ । त्यसकालागि यसअघि नै काँग्रेस, माओवादीका नेताहरु बीचमा दुई पटक छलफल समेत भइसकेको छ ।’
उसो त, नेकपा एमालेले माओवादी सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै नेता जीवनबहादुर शाही काठमाडौं गएका थिए । उनले काठमाडौं गएर कस–कसलाई भेटे भन्ने कुरा स्रोतले बताउन चाहेन ।
पहिलोप्रेस
२ बैशाख २०८०, शनिबार ११:१७