अब चैते दशैंमा पनि कर्णालीमा सार्वजनिक विदा दिईने, यी हुन ६ सार्वजनिक विदा
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कर्णालीका दश ओटै जिल्लामा लागु हुने गरि विभिन्न मितिमा ६ ओटा विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज प्रदेश राजपत्रमा एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
प्रकाशित सूचना अनुसार जुम्ला बाहेक नौ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा विदा दिइने भएको छ ।
साउन एक गते साउने संक्रान्ती तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतै दशैं र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै विदा दिने भएको हो ।
यस्तै, असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा विदा दिइने भएको हो ।
पहिलोप्रेस
४ बैशाख २०८०, सोमबार १७:०४