सरकारमा सहभागि हुने निर्णय गर्दै सकियो काँग्रेस संसदीय दलको वैठक
सात गते भित्रै सरकारमा मन्त्री पठाउने तयारी
सुर्खेत ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सत्ता सहमतिका आधारमा आज नेपाली काँग्रे संसदीय दल कर्णाली प्रदेशको वैठक सम्पन्न भएको छ ।
पूर्व मुख्यमन्त्री एवम दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा दलको कार्यालयमा बसेको उक्त वैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा सहभागि हुने निर्णय गरेको हो ।
‘आज बसेको वैठकले सरकारमा सहभागि हुने निर्णय गरेको हो ।’ नेता शाहीले पहिलोप्रेससँग भने, ‘सरकारमा हामी अब एक दुई दिनमै सहभागि बन्छौं ।’
नेता शाहीले मुख्यमन्त्री शर्माले सात गते विश्वासको मत लिने सम्भावना रहेको बताए । ‘अब सात गते विश्वासको मत लिने सम्भावना बढेको छ । अरु विषयमा विस्तारै हामी अघि बढछौं ।’
यसैबीच, भोली वैशाख पाँच गते नेपाली काँग्रेस प्रदेश कार्य सम्पादन समितिको वैठकले को को मन्त्री छान्ने भन्ने निर्णय गर्ने भएको छ ।
पहिलोप्रेस
४ बैशाख २०८०, सोमबार १६:४९