कर्णाली प्रदेश सभाको वैठक स्थगित, अब सात गते बस्ने
सुर्खेत ।
कर्णाली प्रदेश सभाको आज दिउसो तीन बजे बस्ने भनिएको वैठक स्थगित भएको छ ।
आज दिउसो एक बजे प्रदेश सभामा बसेको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।
हिजो नेपाली काँग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासँग सदन पर सार्नेबारे सहमति गरेका थिए ।
सदन अब वैशाख सात गते दिउसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना रहेको छ ।
पहिलोप्रेस
४ बैशाख २०८०, सोमबार १५:२३