Loading... आजः ४ पुष २०८१, बिहीबार

नवनियुक्त तीन मन्त्रीको शपथ आज दिउँसो तीन बजे हुने

सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सिफारिस भई मुख्यमन्त्री राजकुमार शर्माले नियुक्त गरेका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्क पोखरेल र उद्योग, वन पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा कृष्ण विसीले आज दिउसो तीन बजे शपथ लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले त्यसको तयारीकालागि आवश्यक कार्य सम्पन्न गरिसकेका छन् भने केहि समयमै प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त तीनै जना मन्त्रीहरुका लागि शपथ ग्रहणको व्यवस्था मिलाउन पत्र पठाईने भएको छ ।
नेपाली काँग्रेस यसअघिको सरकारमा एमालेका मन्त्री रहेकै स्थानमा जान लागेका हुन ।

 


सम्बन्धित समाचार