Loading... आजः ४ पुष २०८१, बिहीबार

पुल भाँचिदा दुईको मृत्यू


सुर्खेत ।
भेरी करिडोरअन्तर्गत जाजरकोट–रुकुमपश्चिम हुँदै डोल्पा जोड्ने भेरी नदीमाथि निर्माण पूरा हुन लागेको बेलिब्रिज भाँचिदा घाइते ९ मध्ये दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पुल निर्माणमा संलग्न कामदार हुन् । उनीहरु दुवैजना भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुमपश्चिका प्रहरी निरीक्षक विक्रम सुवेदीले मृत्यु हुनेमा भारतीय नागरिक ४० वर्षीया धमेन्द्र गौतम, ३५ वर्षीया पुरुषउत्तम कुमार विक्रम रहेका बताए ।

उनका अनुसार अन्य घाइते सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा भारतीय २५ वर्षीय सञ्जयकुमार गौतम, ४५ वर्षीय राजकुमार रहेका छन् । घटनामा परेका पाँचजना सामान्य घाइते रहेका छन् ।
सामान्य घाइते हुनेमा २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरु सबै भारतीय नागरिक हुन् । यस्तै, गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजङ्ग घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार भेरी करिडोर अन्तर्गत डोल्पा जाने सडकखण्डकै जाजरकोट नलगाड नगरपालिकाको तल्लुबगर र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ को गोतामकोट जोड्ने निर्माणधीन पुलको काम गर्दै गर्दा बिहीबार मध्यान्ह साढे १२ बजे भाचिँएको थियो ।

एक्कासि पक्की पुल भाँचिदा ९ जना कामदार भेरी नदीमा खसेका थिए । प्रहरी र स्थानीयको सहयोगमा उनीहरुको उद्दार गरेर उपचारका लागि जाजरकोटको तल्लुस्थित प्रथामिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको थियो ।
मृतक दुईको शव उक्त अस्पतालमा राखिएको छ । अन्य ४ जनाको उपचार सोही प्रथामिक स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

यस्तै, उक्त अस्पालमा रहेका प्रहरी निरीक्षक सुवेदीका अनुसार गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट कर्णादी प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाउने तयारी भइरेको छ ।


सम्बन्धित समाचार