कर्णाली राजमार्गको खिड्कीज्यूलामा रहेको पक्की पुल भत्किने खतरामा
सुर्खेत ।
कर्णाली राजमार्गको आठबीस नगरपालिका वडा नं. ६ खिड्कीज्यूलामा रहेको कानेगाड खोलामा निर्मित पक्की पुल भत्किने खतरा बढेको पाइएको छ । साविक कर्णालीको लाईफलाईनको रुपमा चर्चा हुँदै आएको कर्णाली राजमार्गमा अवस्थित यो पुल जुनसुकै बेला पनि भत्किने र ठूलो ज्यू धनको क्षेति हुनसक्ने देखिएको हो ।
स्थानीय दिलबहादुर थापाका अनुसार पुल जीर्ण अवस्थामा पुगेको छ ।
‘पुलमा राखिएका फलामो रड दोव्रिएका छन भने पुलबाट खोला सहजै देखिन्छ ।’ उनले भने, ‘यदि समयमै निर्माण गर्न नसकेको खण्डमा जुनसुकै समयमा पनि यो पुल भत्किने खतरा छ । दैनिक रुपमा सयौं गाडीहरु आवतजावत गर्ने यो पुल भत्किएको खण्डमा ठूलो ज्यूधनको क्षति हुने निश्चित छ ।’
उनका अनुसार हालसम्म उक्त सडक पुल निर्माण तथा जोखिमका बारेमा सरोकारवाला निकाय मौन देखिएका छन् ।
‘जब दुर्घटना हुन्छ तबमात्र राज्यले ध्यान दिने गरेको छ ।’ उनले भने, ‘यहाँ हामीले धेरैलाई जानकारी गराइसकेपनि पुल निर्माणका बारेमा कहि कतैबाट कुनै आश्वासन पाइएको छैन ।’
पहिलोप्रेस
७ बैशाख २०८०, बिहीबार १७:३१