योजना तर्जुमा अब होटेलमा हुँदैनन : अर्थमन्त्री सिंह
सुर्खेत ।
कर्णालीका अर्थमन्त्री बेदराज सिंहले प्रदेश लेखा नियन्त्रकको कार्यालयको उद्घाटन गरेका छन् ।
सोमबार एक कार्यक्रमकाबिच सिंहले भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री सिंहले प्रदेशमा योजना माग्नेहरुको तछाँडमछाँड रहेको बताए ।
उनले प्रदेश सरकारको पुँजिगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै त्यसको समाधान खोज्नुपर्ने बताए ।
सिंहले प्रदेशमा ३४ अर्बको ल्याइने तर, अन्तिममा आएर १८ अर्ब रकमान्तर गर्ने कार्य भइरहेको बताउँदै त्यसको अन्त्य हुनुपर्ने बताए ।
‘योजना तर्जुमाका लागि यसअघि होटलमा छलफल भएको कुरा सुन्नामा आएका छन्, मेरो हकमा त्यो हुँदैन,’ उनले भने,‘ प्रदेशको हकमा अब टुक्रे योजनाको अन्त्य गरिने छ । पालिकाको तहमा हुने योजना पालिकाले बनाउँछ, संघले बनाउने संघले र प्रदेशले बनाउने योजना प्रदेशले बनाउनुपर्छ । प्रदेशको दायित्वभित्र पर्ने योजना मात्र प्रदेशले बनाउनुपर्छ ।’
साथै उनले जेठ महिना भन्दा पछाडि रकमान्तर गर्ने कुरा अब बन्द गरिने समेत बताए ।
‘बर्षभरी बजेट कार्यान्वयन नहुने अन्तिममा आएर रकमान्तर गर्ने, यो प्रवृत्ति राम्रो होइन,’ उनले भने ।
पहिलोप्रेस
११ बैशाख २०८०, सोमबार १२:२४