Loading... आजः ४ पुष २०८१, बिहीबार

राष्ट्रिय राजनीतिका कारण दायाँबायाँ गर्नु परेको छ: मुख्यमन्त्री शर्मा


सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रिय राजनीतिक उथुलपुथलका कारण कहिले दायाँ कहिले बायाँ गर्नुपर्ने बाध्यता प्रदेशमा रहेको बताएका छन । सोमबार जुम्लामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बारम्बार हुने सत्ता गठबन्धन फेरबदलले त्यस्तो अबस्था निम्त्याएको आशय समेत व्यक्त गरे ।

मुख्यमन्त्री शर्माले राजनीतिक सत्ता भन्दा आदतिय सत्ता बदल्नु कुरा मुख्य रहेको बताएका छन् । जुन बदल्न निकै जटिल हुने शर्माको भनाइ छ ।

शर्माले राजनीतिक रुपमा संघीयता आएपनि वित्तिय रुपमा अझै संघीयता ठिक तरिकाले लागु हुन नसकेको बताए ।

‘राज्य बढी प्रक्रियामुखी छ, वित्तिय संघीयता ठिक तरिकाले लागु हुन सकिएको छैन,’ शर्माले भने,‘ कर्णाली सुनको डल्लो हो, यसलाई प्रयोगमा ल्याउनुपर्ने चुनौती हामीसँग छ तर, कठिनाईहरु पनि थुप्रै छन्।’

उनले बजेट मात्र भएन नहुने, त्यसका लागि आवाश्यक कर्मचारी पनि हुनुपर्ने तर्क राखे । कर्णालीमा बजेटलाई सदुपयोग गर्ने आवाश्यक कर्मचारी नभएको शर्माको भनाइ छ । जसका कारण बजेटलाई कार्यान्वयन गर्न सकिरहेको छैन ।

शर्माले व्यवस्था परिवर्तन भएपनि मान्छेका मानसिकताहरु अझै नबदलिएको तर्क गरे । उनले भने,‘ हाम्रा मानसिकता पनि बदल्नुपर्ने छ, हाम्रातिर बिउ फलायर होइन् बिउनै खाइदिने प्रवृत्ति छ ।’

 


सम्बन्धित समाचार