Loading... आजः ४ पुष २०८१, बिहीबार

मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै, संसदीय समितिले पाए पूर्णता

सुर्खेत ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो तीन बजे बस्ने कर्णाली प्रदेश सभाको वैठकमा उनले विश्वासको मत लिन लागेका हुन ।

उनलाई नेपाली काँग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा आज देखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउने छ ।

उता, कर्णाली प्रदेश सभाका विभिन्न चार ओटा समितिले आजै पूर्णता पाउने भएका छन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरुको नामावली सदनमा रहेका दलहरुले सचिवालयमा बुझाइसकेका छन् ।

‘उहाँहरुले दलबाट प्रतिनिधित्व हुने गरि चार ओटै समितिका लागि सांसदहरुको नाम पठाइसक्नु भएको छ ।’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेश सभा वैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनु हुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’

आज समितिले पूर्णता पाएपनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुने उनको भनाई छ । ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नेछन् ।’ उनले भने, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रिया अघि बढाएर अध्यक्ष चयन गर्नेछन् । अब समिति नै बनेको छैन भन्ने गुनासो भने रहँदैन ।’


सम्बन्धित समाचार