बुद्ध एअरलाईन्सको एकाधिकार तोडियो, श्री एअरलाइन्सले पनि पायो सुर्खेत-काठमाडौं उडान अनुमति
सुर्खेत ।
नीजि वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ को सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो ।
यसअघि बुद्ध एअरलान्सले एकलौटीरुपमा दुई पटकसम्म सुर्खेत–काठमाण्डौं उडान गर्दै आएको थियो । यहि वैशाख १९ गते सुर्खेत उद्योग वाणिज्य संघले श्री एयरलाइन्सलाई कर्णालीमा उडान भर्नका लागि अनुरोध गरेको थियो । बुद्धले एकलौटीरुपमा उडान भर्न थालेपछि यात्रुहरुले चर्को भाडा तिदै आएका थिए ।
केही अन्य प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकोले जेठभित्रै सुर्खेत–काठमाण्डौं उडान भर्नेगरी तयारी थालिएको श्री एयरलाइन्सले जनाएको छ ।
दुईवटा हवाई कम्पनीले प्रतिस्पर्धा गरेपछि कर्णालीबासीलाई हवाई सेवामा सहज हुने उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
पहिलोप्रेस
२५ बैशाख २०८०, सोमबार ०९:१३