Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा उपसभामुख को ? इन्द्रा की यशोदा ?

कर्णाली प्रदेशसभा सदस्य इन्द्रा शाहीले विहीबार फेसबुकमा सार्वजनिक गरेको तस्वीमा बाँयाबाट क्रमशः इन्द्रा, उपसभामुख यशोदा र सांसद कल्याणी ।

सुर्खेत ।
कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपाने, उनिसँगै उपसभामुखमा प्रतिस्पर्धा गरेकी इन्द्रा शाही र कल्याणी खड्काले विहीबार नैनितालसम्मको यात्रा भनेर एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट भयो ।

उक्त तस्वीर इन्द्रा शाहीको फेसबुकबाट पोस्ट भएको थियो । पहिलोप्रेसमा सो सम्वन्धी समाचार प्रकाशित भएको केहि मिनेटमै उक्त पोस्ट शाहीले हटाईन । तर उक्त तस्वीरका बारेमा भने बजारमा प्रश्न चिन्ह उठन थालेको छ ।

झण्डावाला गाडी प्रयोग गर्ने उपसभामुख न्यौपाने पिएसओको पछाडी बस्नुपर्नेमा उनी भने वीचमा बसेकी थिईन । उपसभामुखको सिटमा भने इन्द्रा शाही बसेकी थिईन ।

यो भनेको गम्भीर सुरक्षा लापरवाही हो । उपसभामुखका लागि दुई जना पिएसओ सुरक्षाका लागि रात दिन खटिएका हुन्छन् । कहि कतै केहि भइहालेमा तिनै पिएसओको जागिर धरापमा पर्ने हुन्छ । यतातर्फ उपसभामुख न्यौपानेले ख्याल नै नगरी वीचको सिटमा बसेर सुरक्षा व्यवस्थामाथि गम्भिर लापरवाही गरेकी हुन ।

खासमा भिआइपीलाई ड्राईभरको सिट भन्दा बाँयातर्फको पछाडी पट्टि राख्ने गरिन्छ । ड्राइभरको बाँयातर्फ पिएसओ बस्छन भने उनको पछाडीको सिटमा भने भिआइपि बस्ने गर्दछन् । यसरी बसाल्नुको कारण कुनै समस्या आएको खण्डमा पिएसओलाई उद्धार गर्न सहज होस भन्ने मान्यता हो । यो मान्यतालाई ख्याल नै नगरी सुरक्षा लापरवाही गर्दै उपसभामुख न्यौपानेले गल्ती गरेकी छिन् ।

उक्त तस्वीरले सिधै प्रश्न गरेको छ, कर्णालीको उपसभामुख इन्द्रा कि यशोदा ? बाँकी कुरा उनै जानुन् ।


सम्बन्धित समाचार