Loading... आजः ४ पुष २०८१, बिहीबार

भारतको नैनितालमा शयर गर्न सरकारी गाडीको दुरुपयोग गर्दै कर्णालीका उपसभामुख, सभापति र सांसद

सुरक्षा निकायको धज्जी उडाउँदै


सुर्खेत ।
यतिबेला नेकपा माओवदी केन्द्रको वैठक चलिरहेको छ तर कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपाने भने सरकारी गाडी दुरुपयोग गर्न तल्लीन भएकी छिन ।

उपसभामुखको हैसियतमा उनले कर्णाली प्रदेश सरकारले प्रयोग गर्ने ००४१ नम्बरको स्कार्पियो लिएकी छिन ।

उनैको गाडीमा तीन जना सांसदले नैनीताल यात्रा गर्न थालेका हुन ।

न उनिहरु कुनै काम भएर गएका हुन न त उपचार नै गर्न । बस गाडी पाइएको भन्दै घुम्न निस्किएका हुन ।

‘नपाउनेले केरा पायो बोक्रै सित्त खायो’ भनेझैं उनि प्रदेश सचिवालय र सभामुखको स्वीकृति विना भारतको उत्तराखण्डमा पर्ने नैनिताल शयर गर्न पुग्दैछिन ।
उनि सहित प्रदेश सभाको प्रदेश मामिला समिति सभापति कल्याणी खड्का, नेपाली काँग्रेसका इन्द्राकुमारी शाही समेत सहभागी छन् ।
कुनैपनि भिआईपी सरकारी गाडी चढन र यात्रा गर्न प्रदेशभर अनुमति दिने सरकारको नियम भएपनि भारत जान सभामुखको अनुमति लिनुपर्ने व्यवस्था छ ।

‘मलाई विहान नौ बजेतिर उहाँले बाहिर जान्छु भन्नुभएको हो ।’ सभामुख नन्दा गुरुङ्गले भनिन्न, ‘बाहिर भनेको अरु बुझेन ।
उता, उपसभामुख यशोदा न्यौपानेले यस बारेमा प्रष्ट जवाफ दिईनन् ।

भिभिआईपि भनेर सरकारी सुरक्षा निकायको समेत ख्याल गर्न नसकेकी उपसभामुखले आफ्नो हैसियत नै विर्सेर बीचमा बसेकी छिन । उनले बस्नुपर्ने सरकारी झण्डा भएतिर भएपनि उनले वेवास्ता गरेकी हुन ।

 


सम्बन्धित समाचार