Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

उपप्रधानमन्त्री खड्काले स्थापना गरेको सांसद कोषको रकमबाट ७७१ जनालाई छात्रवृत्ति दिईँदै

कोषमा तीन करोड ६० लाख जम्मा

सुर्खेत ।
नेपाली काँग्रेसका उपसभापति एवम उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २०५३ सालमा सांसद हुँदाताका सांसद विकास कोषको रकमबाट स्थापना गरिएको अक्षयकोष मार्फत पुर्वि सुर्खेतका ७७१ जनालाई छात्रवृत्ति वितरण गरिने भएको छ ।

हाल यो शीर्षकमा आएको रकम विकास निर्माणमा मात्रै खर्च गर्न पाउने व्यवस्था भएपनि तत्कालिन समयमा भने छात्रवृत्तिका लागि अक्षया कोष बनाउन सकिने कार्यविधि थियो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि दोश्रो संशोधन नियमावली २०७४ को नियम चारको उपनियम ‘ग’ मा शिक्षकको पारिश्रमिक, खेलकुद विकास तथा शैक्षिक सामाग्री र महिला, दलित, आदिवासी, जनजाती, मधेशी समुदाय, अपाङ्ग र उत्पिडित लगायत अन्य विपन्न वर्गका छात्र छात्राहरुलाई छात्रवृत्ति दिन पाउने व्यवस्था गरिएको थियो ।

नेपाली काँग्रेस सांसद गरिब कल्याण छात्रवृत्ति योजना अक्षयकोष मार्फत गत वर्ष कक्षा ६ देखि स्नातकोत्तर तहसम्म अध्ययन गरिरहेका ६५१ जनालाई छात्रवृत्ति प्रदान गरिएको कोषका कोषाध्यक्ष रामसिंह ठकुरीले पहिलोप्रेसलाई बताए ।

‘गतवर्ष ६५१ जनालाई छात्रवृत्ति दिएका थियौं । यो वर्ष हामी ७७१ जनालाई छात्रवृत्ति दिदैंछौं । यसकालागि आवेदनसमेत माग गरिसकेका छौं ।’ उनले भने, ‘कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई १४ सय, नौ र दशका विद्यार्थीलाई १७ सय, कक्षा ११ र १२ का विद्यार्थीलाई र प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई २५ सय, स्नातक तहका विद्यार्थीलाई ४५ सय र स्नातकोत्तर तहका विद्यार्थीलाई ५५ सयका दरले जनही छात्रृवृत्ति वितरण गर्नेछौं ।’

उनले शहिद परिवारका बालबालिकालाई भने ६ हजारका दरमा छात्रवृत्ति वितरण गरिने जानकारी दिए ।

‘गरिमा विकास वैंक, कुमारी वैक र वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगरमा हालसम्म तीन करोड ६० लाख रकम जम्मा गरिएको छ ।’ कोषाध्यक्ष ठकुरीले भने, ‘त्यो कोषमा जम्मा रकमबाट आएको व्याजमार्फत छात्रृवृत्ति वितरण गरिँदै आइएको छ । बचेको रकम फेरि कोषमै थप्दै आइरहेका छौं ।’


सम्बन्धित समाचार