आफू निकटका संस्थालाई सोझै विद्युत उत्पादन आयोजना बाँडने गरि कर्णाली सरकारले ल्यायो विद्युत विधेयक
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आफन्त, आफू निकटका संघ संस्थालाई सोझै विद्युत आयोजना वितरण गर्न सकिने गरि कर्णाली प्रदेश सभामा कर्णाली प्रदेको विद्युत सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० दर्ता गरेको छ ।
सिंचाई तथा उर्जा विकास मन्त्रालयले प्रस्ताव गरेको उक्त विधेयक लाई आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले साउन १६ गते कर्णाली प्रदेश सभामा दर्ता गराएका थिए ।
कर्णालीमा यसअघि झोलामा खोला हाल्नेहरुको बढदो विगविगिलाई बचे खुचेका खोला नाला पनि सोही अनुसार बब्जा गर्ने मनसायका साथ यो विधेयक दर्ता भएको हो कि भन्ने संशय पैदा भएको छ ।
विधेयकको परिच्छेद ३ अन्र्तगत प्रतिस्पर्धा तथा प्रस्ताव छनौट सम्वन्धी व्यवस्था अन्र्तगत दफा १० को उपदफा चारमा वार्ताद्वारा पनि विद्युत आयोजना दिन सकिने व्यवस्था गरिएको हो ।
हेर्नुहोस विधेयकमा गरिएको व्यवस्थाः
पहिलोप्रेस
१८ श्रावण २०८०, बिहीबार ०९:३५