Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

काँग्रेसको आन्तरिक विशेष अभियान सुरु

सुर्खेत ।
नेपाली काँग्रेस प्रदेश र्कासमितिले आजबाट आन्तरिक विशेष अभियान सुरु गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता दमन शाहीका अनुसार अभियानको पहिलो चरण श्रावण २० देखि ३० सम्म हुनेछ ।

‘पहिलो चरणलाई सफल बनाउन सभापति ललिजंग शाहीले निर्देशन दिनुभएको छ ।’ उनले भने, ‘अभियान सफल बनाउन नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सुर्खेतले १० वटै जिल्लामा प्रतिनिधि खटाएको छ । उक्त अभियानलाई प्रभाबकारी र सफल बनाउन लागि पर्ने जिम्मेवारी प्राप्त प्रतिनिधि ले जिल्लामा गएर पार्टीका नेता कार्यकर्ता संग समन्वय गर्दै केन्द्रिय प्रतिनिधि सित सम्पर्कमा रहेर अभियानको उद्देश्य पूरा गर्न निर्देशन दिनु भएको हो ।’

पार्टीको बिधानलाई पुर्ण कार्यान्वयन गर्न मातहतका कार्यसमितिलाई क्रियाशिल बनाउने, भातृ तथा शुभेच्छुक संस्थालाई चलायमान गर्ने, कांग्रेस पार्टीबाट निर्बाचित सबै प्रतिनिधिलाई नागरिकको पक्षमा काम गर्न अभिप्रेरित गर्ने, पार्टीको आन्तरिक संगठन चुस्त दुरुस्त गर्न सबै तहका नेता कार्यकर्ता जोडिने यो अभियानको मुख्य ध्येय रहेको उनको भनाई थियो ।


सम्बन्धित समाचार