Loading... आजः ११ कार्तिक २०८२, मंगलवार

पर्सीबाट संयुक्त यातायात व्यवसाय समितिले चौकुनेमा गाडी पठाउने

सुर्खेत ।
विगत ४३ दिन देखि अवरुद्ध रहेको वीरेन्द्रनगर गुठु लसडकमा संयुक्त यातायात समिति सुर्खेतले पर्सीबाट नियमित रुपमा गाडी पठाउने भएको छ ।

समितिका सचिव नारायण चपाईले भोली एक बजेको उडानबाट सुर्खेत आउने र पर्सीबाटै यातायात सेवा सञ्चालन गर्ने पहिलोप्रेसलाई बताए ।

‘हामीले नाकावन्दी लगाएका होईनौं । पत्रकार गएपछि मात्रै त्यहाँ सडक सुधार भएको छ । लाखौंका गाडी लगेर जानुस भनेर हामी गाड िमालिकलाई भन्न सक्दैनौं ।’ पहिलोप्रेससँग कुरा गर्दै सचिव चपाईले भने, ‘त्यसका अलावा हामीले कर्मचारी नै पठाएर बाटोको अवस्था बुझ्न लगाएका हौं । सोही अनुसार गाडी पठाउने तयारी गरिरँहदा अध्यक्ष ज्यूबाट अशोभनिय शब्द आयो । उहाँको त्यो शब्दप्रति हाम्रो आपत्ती छ ।’

उनका अनुसार, अध्यक्ष खड्क विवश वास्पाने विकले माफी नमागेपनि गाडी सञ्चालन हुने भएका छन् ।

‘उहाँले गाडी तोडफोड गर्ने, काउण्टर राख्न नदिने भन्नु भएको छ’, सचिव चपाईले भने, ”गाडी तोडफोड गर्ने वा जलाउने वा अरु के गर्ने हो उहाँले गराउनुहोला, बाटो बनिसकेका कारण हामी यातायात सेवा सुचारु गर्छौं ।’

उनले बाटो नबनेकै कारण गाडी सञ्चालन नगरिएको दाबी गर्दै अब भने निर्वाध रुपमा गाडी चलाउने बताए ।

अध्यक्ष विकले भनेजस्तो १९०० रुपैंया टिकट लिएको कुनै पनि प्रमाण भए आफूहरु कारवाहीको भागेदार हुने उनको भनाई छ ।
यसैबीच, चौकुनेमा गाडी पठाउने बारेमा अहिले छलफल हुने भएको छ ।


सम्बन्धित समाचार