Loading... आजः ११ कार्तिक २०८२, मंगलवार

चौकुनेको यातायात सेवा सञ्चालनबारे संघीय सांसद थानीले बल्ल खोले मुख

जनतालाई मर्कामा पार्नु हुँदैन

सुर्खेत ।
सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुईको चौकुने गाउँपालिका यतिबेला आफ्नै बस सेवा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

झण्डै ४३ दिनसम्म पनि संयुक्त यातायात व्यवसायी समितिले यातायात सेवा सुचारु नगरी नाकावन्दी गरेको भन्दै चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विवश विक टिप्परमै भएपनि नागरिकलाई ओसार्न थालेपछि सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद एवम पूर्व मन्त्री हृदयराम थानीले मुख खोलेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन, ‘सुर्खेत पश्चिम क्षेत्रको सार्बजनिक यातायातको समस्याले जनतालाई मर्कामा पार्नुहुदैन । तत्काल सबैपक्ष मिलेर छलफल, समन्वय र सहकार्यको बाटोबाट समस्याको स्थाई समाधान खोज्न जरुरी छ ।’

 


सम्बन्धित समाचार