Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा गत आर्थिक वर्षमा दुई सय सात जर्वजस्ती करणीका मुद्दा दर्ता

सुर्खेत ।
कर्णाली प्रदेशका दश जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा जर्वजस्ती करणीका २०७ ओटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार जसमध्ये सुर्खेतमा सबैभन्दा बढी ८८ वटा मुद्दा दर्ता भएका छन भने डोल्पामा सबैभन्दा कम १ वटा मुद्दा दर्ता भएको छ ।
सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७ , जाजरकोटमा ९, कालिकोट १७ र जुम्लामा १८ मुगुमा ७ र हुम्ला ९ वटा जबरजस्ति करणी सम्बन्धी मुद्दा दर्ता भएको छ ।

त्यसैगरी २३४ वटा प्रतिवादीहरू जवरजस्ती करणीमा पक्राउ भएकोमा पक्राउ १७९ (७७ प्रतिशत) छन् । भने ५५ जना फरार रहेका छन् । जबरजस्ति करणीको घटनाहरूबाट सबै भन्दा बढी १० देखी १६ उमेर समुहका बालिका ९४ जना, १० भन्दा कम उमेरका ४ जना , १७ देखी २५ वर्षसम्मका ७४, २६ देखी ३५ वर्षसम्म २१, ३६ देखी ४५ वर्षसम्म ९, ४६ देखी ५९ वर्षसम्म ३ र ६० वर्षभन्दा माथि २ जना पीडित भएका छन् ।

१३५ वटा बैङ्किङ कसूर सम्बन्धि मुद्दा दर्ता भएकोमा १३१ वटा मुद्दा सुर्खेतमा दर्ता भएको छ भने ४ वटा मुद्दा सल्यानमा दर्ता भएका छन् । प्रदेशभरी ४९ हजार ४२४ वटा कारवाही गरी सवारीसाधनलाई कारर्वाही गरि ३ करोड ८७ लाख ९१ हजार ५०० राजश्व संकल भएको छ । जसमा आव ०७८÷०७९ मा ४० हजार ४०४ सवारीसाधनलाई कारवाही गरि ३ करोड ३० लाख ७९ हजार राजश्व संकलन भएकोमा यो आर्थिक वर्षमा १६ दशमलव ६३ प्रतिशत राजश्व संकलब वृद्धि भएको छ ।

चालु आव मा प्रदेशभरी सवारी नियम उल्लङ्घनमा जम्मा ४९ हजार ४२४ वटा कारवाही गरी ३ करोड ८७ लाख ९१ हजार ५०० राजश्व संकल भएको छ । साथै, समुदाय प्रहरी साझेदारी कार्यक्रम तर्फ सचेतनामुलक कार्यक्रम ४ हजार ३४६ गरिएको छ ।

प्रदेशमा प्रहरी कर्मचारी र अनुपातमा ६ हजार २७९ जना प्रहरी कर्मचारीको जम्मा दरबन्दी रहेकोमा ५ हजार ६०६ कार्यरत प्रहरी कर्मचारी कार्यरत रहेका प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले बताए । जसमध्ये ५ हजार १९५ जना ९२.६७ प्रतिशत (पुरुष प्रहरी कर्मचारी र ४११ (७.३३ प्रतिशत) जना महिला प्रहरी कर्मचारी कार्यरत रहेका उनले बताए ।

प्रदेशमा आव ०७९ ÷०८० मा १०५ स्थानमा सिसिटिभि जडान गरिएको छ भने ३७८ वटा सिसिटिभि प्रयोगमा रहेका छन् । त्यस्तै, कर्णाली प्रदेशमा आव ०७९÷०८० मा ११४ वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ९९ फर्छ्यौट गरिएको छ भने २१५ जना अभियुक्तहरू पक्राउ गरिएको छ ।

२०५ ग्राम २७२ मिलि ग्राम ब्राउन सुगर, ६८६ ग्राम ८२ मिलि ग्राम गाँजा, १६३ ग्राम ९७७ मि. ग्राम चरेश, १७ सि .सी. र १ हजार ६८४ ट्याबलेट औषधी जन्य लागू औषध बरामद गरिएको छ ।

साथै, प्रदेशको जाजरकोट, डोल्पा, रुकुम पश्चिम लगायत विभिन्न जिल्लाहरुमा १५१ विगाहा गाँजा तथा अफिम खेती नष्ट गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा तर्फमा मुद्दा दर्ता ६३९, फर्छ्यौट ३७० भए भने पक्रियामा २६९ रहेको छ ।

महिला तथा बालबालिकामा हुने हिंसाहरुमा जबर्जस्ति करणी २०७, आत्महत्या १२३, वहुविवाह ७५ तथा अन्य विभिन्न एसिड आक्रमक, जबर्जस्ति करणी उधोग, बेचबिखन लगायतका घटनाहरू रहेका छन् । अपराध अनुसन्धान तर्फ आव २०७८÷०७९ मा १ हजार ५५५ मुद्दा दर्ता भएकोमा २०७९÷०८० मा १ हजार ७२९ मुद्दा दर्ता भएका जनाइएको छ । जुन ११.१८ प्रतिशतले बढी हो । जसमध्ये फर्छ्यौट ९०६ वटा सामान्य, गम्भीर र जघन्य प्रकृतिका कसूरहरू फर्छ्यौट भएका छन् भने १ हजार ४२७ जना पक्राउ भएका छन् ।

प्रदेशमा आव ०७९ ÷०८० मा ४० वटा कर्तव्य ज्यानका मुद्दाहरू दर्ता भएको छ । जसमा मुद्दा दर्ताको २.३२ प्रतिशत रहेको छ । जसमा सुर्खेत र सल्यानमा सबैभन्दा बढी १० ÷१० वटा मुद्दा दर्ता भएका छन् भने डोल्पा र मुगुमा १÷१ वटा गरी कम मुद्दा दर्ता भएको छ । त्यसैगरी, रुकुम पश्चिममा ५, जाजरकोटमा ३, कालिकोट ३ र जुम्लामा ३ तथा दैलेखमा र हुम्लामा २÷२ वटा मुद्दा दर्ता भएको छ ।

प्रदेशमा २७३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १०९ छन् । जसमा ३९. ९३ प्रतिशत छ भने डोल्पा जिल्लामा आत्महत्या भएको छैन । त्यसैगरी, सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला ४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २३९ जना झुण्डिएर ३९ जना विष शेवन गरेर र २ जना औजारबाट र १ जना हाम फालेर आत्महत्या गरेका छन् ।

 

 


सम्बन्धित समाचार