चामुण्डाका चार युवा माओवादीमा प्रवेश

सुर्खेत ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका चार जना अनुसन्धानकर्तासहित युवा उद्यमी नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
आज ती चार जनालाई माओवादी प्रदेश कमिटि सदस्य मोहन शाहीले प्रवेश गराएका हुन ।
प्रवेश हुनेहरुमा चामुण्डाविन्द्रासैनी न.पा. ४, दैलेख निवासी युवा अनुसन्धानकर्ता छत्र शाही, युवा व्यवसायी कृष्ण शाही, युवा उद्यमी प्रकाश शाही र अङ्गत शाही नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन ।
उनीहरुलाई पार्टी प्रवेश गराउँदै प्रदेश कमिटि सदस्य शाहीले पार्टी सदस्यता वितरण गर्दै देशको आमूल परिवर्तनमा माओवादीको विकल्प नभएको बताएका छन् ।
‘यदि नेकपा माओवादीले जनयुद्ध नलडेको भए देशमा गणतन्त्र आउने थिएन ।’ उनले भने, ‘अहिले हामीले जुन लोकतन्त्रको अनुभव लिन पाएका छौं, जनता सर्वेसर्वा बनेका छन् । देशले परिवर्तन रविकासको लहर चुमेको छ ।’
उनले देश विकास गर्न नेकपा माओवादी केन्द्रको विकल्प नभएको दावी समेत गरे ।








पहिलोप्रेस
२२ भाद्र २०८०, शुक्रबार १८:१४