Loading... आजः ४ पुष २०८१, बिहीबार

नेकपा एसकी केन्द्रीय सदस्य मल्ल एमाले फर्किंदै

सुर्खेत ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सावित्री मल्ल नेकपा एमालेमा फर्कन लागेकी छिन् । नारायण नगरपालिकाको उपप्रमुख भएको समयमा नेकपा एस रोजेकी नेतृ मल्ल असोज १० गते सुर्खेतमा आयोजना हुने एमाले प्रथम प्रदेश अधिवेशनमा केपि ओलीको उपस्थितिमा एमाले फर्कन लागेकी हुन ।

उनले आज सामाजिक सञ्जालमा नेकपा एस त्याग गरेको पोस्ट समेत ग।रेकी छिन् ।

‘राजनीति मा थकाइ भन्ने शब्द हुदैन तर आज का मिति देखि नेकपा (एकिकृत समाजबादी) पार्टी को सकृय राजनिीति बाट विश्राम लिने निर्णय गरियो ।’
उनले लेखेकी छिन् ।

पछिल्लो समय नेकपा एसमा लागेका नेता कार्यकर्ताहरु एमालेमा फर्कने क्रममा तीव्रता आएको छ । केहि दिन अघि मात्रै नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालसहितको टिम पनि एमालेमै फर्किएको थियो ।

यद्यपी, उनलाई यसबारेमा कुराकानी गर्न खोज्दा उनले फोन उठाउन चाहिनन् ।


सम्बन्धित समाचार