Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले प्रथम प्रदेश अधिवेशनमा ६०० जना प्रतिनिधि सहभागि हुने (हेर्नुहोस पुर्ण विवरण)

सबैभन्दा बढी सुर्खेतबाट प्रतिनिधि छाँनिदै, कम रुकुम पश्चिमबाट

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको असोज १० गते उद्घाटन हुने प्रथम प्रदेश अधिवेशनका लागि सबैभन्दा बढि प्रतिनिधि सुर्खेतबाट छानिने भएका छन् ।

कर्णाली प्रदेशका दश ओटा जिल्लाकाे भूगाेलबाट कुल ५५० जना प्रतिनिधि छानिएर आउन लाग्दा सुर्खेतबाट मात्रै ११२ जना प्रतिनिधि छानिएर आउन लागेका हुन ।

साथै,  प्रदेशका विभिन्न जनसंगठनबाट ५० जना प्रतिनिधि समेत छानिएर आउने भएका छन् । यो सहित प्रथम अधिवेशनमा सहभागि हुनेको संख्या ६ सय पुग्ने छ ।

सुर्खेतबाट खुल्लातर्फ ३० महिला, ५६ पुरुष छानिँदा दलिततर्फ ९ महिला र १८ पुरुष गरी ११२ जना छानिने भएको प्रदेश पार्टी सचिव टेकराज पछाँईले पहिलोप्रेसलाई जानकारी दिए ।

सुर्खेतमा ८ हजार ५५५ जना संगठित सदस्य रहेको र सोही आधारमा ती प्रतिनिधि छानिने भएका हुन ।

सुर्खेतपछि जाजरकोटबाट प्रतिनिधि छानिने छन् ।

जाजरकोटबाट ७५ जना प्रतिनिधि चयन भएर आउन लागेका हुन । जाजरकोटमा पाँच हजार ३७६ जना संगठित सदस्य रहेको एमाले तथ्यांकमा उल्लेख भएअनुसार खुल्लाबाट महिला १८, पुरुष ३८ एवम दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि छानिएर आउन लागेका हुन ।

यस्तै, दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष छानिनेछन । दलिततर्फ पाँच महिला र ८ पुरुष गरी ७२ जना छानिनेछन् । दैलेखमा एमालेका संगठित सदस्य संख्या पाँच हजार ७०१ रहेको छ ।

सबैभन्दा कम प्रतिनिधि रुकुमपश्चिमबाट छानिनेछन् ।

कुल १७८५ जना संगठित सदस्य रहेको यो जिल्लाबाट ६ महिला र १२ पुरुष खुल्लाबाट आउनेछन भने दुई महिला र तीन पुरुष दलिततर्फबाट आउनेछन् ।

मुगुमा एमालेका २४७८ जना मात्रै संगठित सदस्य रहेका छन् । यो संख्याको आधारमा जिल्लाबाट खुल्ला महिलातर्फ ८, पुरुषतर्फ १७ जना छाँनिदा दलिततर्फ दुई महिला र ६ पुरुष गरी जम्मा ३२ जना प्रतिनिधि छानिनेछन् ।

हुम्लाबाट ४८ जना प्रतिनिधि छानिएर आउने भएका छन् । ४ हजार १९२ जना संगठित सदस्य रहेको हुम्लामा १३ महिला २९ पुरुष खुल्लातर्फबाट आउनेछन् भने दलिततर्फबाट दुई महिला र चार पुरुष गरी कुल ४८ जना छानिएर आउने भएका हुन ।

कालिकोटबाट ६५ जना प्रतिनिधि छानिएर आउने भएका छन् । जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट आउनेछन भने दलिततर्फबाट ५ महिला र दश पुरुष गरी कुल ६५ जना छानिएर आउनेछन् । यहाँ ४ हजार९७८ जना संगठित सदस्य रहेका छन् ।

३ हजार ८६६ संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना छानिएर आउने भएका हुन । सचिव पछाईका अनुसार १३ महिला, २५ पुरुष खुल्लाबाट छानिँदा दलिततर्फबाट दुई महिला र ६ पुरुष गरी ४६ जना छानिनेछन् ।

३४३४ जना संगठित सदस्य रहेको डोल्पाबाट ३९ जना प्रतिनिधि आउन लागेका छन् । प्रदेश अधिवेशनबालागि ११ महिला, २३ पुरुष खुल्लाबाट र तीन पुरुष, दुई महिला दलिततर्फबाट आउन लागेका हुन ।

सल्यानबाट ३८ जना सहभागि हुने भएका छन् । २९७८ जना संगठित सदस्य रहेको यो जिल्लाबाट महिलातर्फ ८, पुरुषतर्फ २२ र दलिततर्फ महिला दुई र पुरुष ६ जना गरी ३८ जना प्रतिनिधि छानिएर आउने भएका हुन ।

‘हामी भदौ तीस गते सबै पालिकाबाट एकैसाथ यी प्रतिनिधिहरु चयन गर्नेछौं ।’ प्रतिनिधि छनौटको तयारीबारे सचिव पछाई भन्छन्, ‘त्यसपछि उहाँहरु यहाँ आउनुहुन्छ ।’ उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत नै चयन हुने दाबी गरे ।
‘सकेसम्म हामी नेतृत्व चयन सर्वसम्मत रुपमा नै गर्छौं ।’ उनले भने ।

हेर्नुहोस, कुन पालिकाबाट कति प्रतिनिधि आउँछन ?

 


सम्बन्धित समाचार