नेपाली काँग्रेस सुर्खेतले तरुण विद्यार्थी अभियान सञ्चालन गर्ने
सुर्खेत ।
नेपाली काँग्रेस सुर्खेतले एक महिने तरुण विद्यार्थी अभियान सञ्चालन गर्ने भएको छ । सोमबार सभापति खड्क पोखरेलको सभापतित्वमा बसेको जिल्ला कार्यसमितिको वैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, वैठकले बालदिप कंडेलको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । यसको सदस्यमा प्रचण्ड पोखरेल र लिलामति विक रहेकी छिन् ।
वैठकले केन्द्रीय उपसभापति एवम उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय पनि गरेको सचिव देवकुमार सुवेदीले जानकारी दिए । वैठकमा समसामयिक विषयमा समेत छलफल भएको उनको भनाई थियो ।
पहिलोप्रेस
२६ भाद्र २०८०, मंगलवार १३:५४