संविधानसभा अध्यक्ष नेम्वाङ्गको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश मामिला समितिको वैठक पनि स्थगित
सुर्खेत ।
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिको आजको वैठक स्थगित भएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिईन । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको गएराती भएको निधनका कारण आजको वैठक स्थगित गरिएको हो ।
उनका अनुसार संबिधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको गए राति भएको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै मृतक सुवासचन्द्र नेम्बाङको जिवनी र उहाँबाट सिक्नुपर्ने प्रेरणाका बारेमा छलफल गरिएको थियो ।
‘संबिधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको चिर शान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रदाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरीयो ।’ समितिका सचिव मदन खड्काले समितिले गरेको निर्णयबारे पहिलोप्रेसलाई जानकारी दिदैं भने, ‘समितिको २० औं बैठकको निर्णय अनुसार आज छलफल हुने भनिएको ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि कुनै छलफल नगरी अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गर्ने निर्णय गरियो ।’
पहिलोप्रेस
२६ भाद्र २०८०, मंगलवार ०९:२३