संविधान सभा अध्यक्ष नेम्वाङ्गको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक विकास समितिको वैठक स्थगित
सुर्खेत ।
कर्णाली प्रदेश सभाको मिनि पार्लियामेन्टको रुपमा रहेको सामाजिक विकास समितिको आजको वैठक स्थगित भएको छ । नेकपा एमालेका उपाध्यक्ष संविधान सभाका अध्यक्ष एवम पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गको गएराती भएको दुःखद निधनका कारण आजको वैठक स्थगित गरिएको समितिका सभापति घनश्याम भन्डारीले बताए ।
उनका अनुसार आजको वैठकमा कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने एजेण्डा थियो ।
आजको वैठकमा सामाजिक विकास मन्त्री खडक पोखरेलसहित संशोधनकर्ता नेकपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, विन्दमान विष्ट, रनसिंह परियार, दुर्गबहादुर रावत, विजया बुढासहित सहभागि भएका थिए ।
एक मिनेट मौनधारण गरेर स्थगित भएको वैठकले शोक प्रस्ताव समेत पारीत गरेको छ ।
शोक प्रस्तावमा भनिएको छ, ‘२०६२÷६३ को पुर्नस्थापित संसदका पूर्व सभामुख, संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख र प्रतिनिधिसभाका सदस्य माननीय सुवासचन्द्र नेम्वाङ्गको गए राति हृदयघातका कारण निधन भएकाले आजको वैठमा मृतआत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण पश्चात शोक प्रस्ताव पारीत गरि वैठक स्थगित भयो ।’
समितिको अर्को वैठकका बारेमा अर्को छलफलमा मिति तय गरिने समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
पहिलोप्रेस
२६ भाद्र २०८०, मंगलवार ०८:५९