एमाले लालगद्दारको कब्जामा गयोः नेतृ सिंह
सुर्खेत ।
नेकपा एमाले ठाँटीकाँधकी नेतृ एवम अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सुस्मिता सिंहले नेकपा एमाले लाल गद्दारहरुको कब्जामा गएको आरोप लगाएकी छिन् ।ठाँटीकाँध गाउँपालिकाबाट प्रदेश प्रतिनिधि आउन खोजिरहेकी सिंहले प्रतिनिधिमा नछानिएपछि यस्तो आरोप लगाएकी हुन ।
उनले आज एक विज्ञप्ती जारी गर्दै अराजक, अवसरवादी लाल गद्दारहरुको कब्जामा पार्टी गएको बताउँदै जनताको बहुदलीय जनवाद र समावेशी महिला हक हितलाई खिल्ली उडाइएको दाबी गरेकी हुन ।
उनले विज्ञप्तीमा आपूलाई प्रदेश प्रतिनिधिमा दाबी गर्न पाउने अधिकारबाट बञ्चित गराइएको समेत ताएकी छिन् ।
‘नेपालको प्रजातन्त्रको ‘कु’ गर्दा राजको टिके सहायक मन्त्री, अहिलेको कर्णाली प्रदेशको टिके अध्यक्षको गुडागर्दी, हुकुमी शाकसनले मसँग आन्तरिक प्रतिस्पर्धा गर्न नसक्ने भएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया हुकुमी शैलिमा मौखिक रुपमा आदेशद्धारा सञलन गरियो ।’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उक्त निर्वाचनको प्रक्रियामा नै असहमत हुदा हुदै पनि मेरो उम्मेदवारी खुलामा पर्ने देखेपछि आफैंले बोलेको आधा घन्टा उम्मेदवारी दर्ता गर्ने समयमा पनि १५ मिनेटमा नै सकिएको भनि स्वघोषणा गरियो ।’
ठाँटीकाँधबाट एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह, पूर्व प्रदेश सभा सभामुख राजबहादुर शाही, पूर्व गाउँपालिका अध्इक्ष धीरबहादुर शाही र कल्पना कुमारी सिजापति प्रदेश प्रतिनिधिको रुपमा आएका छन् ।
एमालेको प्रथम प्रदेश अधिवेशन यहि असोज १० र ११ गते वीरेन्द्रनगरमा आयोजना गरिएको छ ।
पहिलोप्रेस
२ आश्विन २०८०, मंगलवार १४:३३