Loading... आजः ११ चैत्र २०८१, मंगलवार

सल्यानबाट प्रदेश सभा उम्मेदवार बनेका गिरी गोलाप्रथाद्धारा प्रदेश प्रतिनिधिमा पराजित


सुर्खेत ।
सल्यानको शारदा नगरपालिकाबाट नेकपा एमालेको प्रदेश प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा बराबर मत भएपछि गोलाप्रथाबाट प्रदेश प्रतिनिधि छान्दा एमालेबाट गत निर्वाचनमा प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका कुलबहादुर गिरी पराजित भएका छन् ।

खुलातर्फबाट एक जना मात्रै प्रतिनिधि छान्नुपर्ने अवस्थामा रहेको शारदा नगरपालिकामा शारदा नगर पार्टी अध्यक्ष मधुसुदन शर्माले गोलाप्रथामा वाजी मारेका हुन । प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनेका गिरी माओवादी नेता भीम प्रकाश शर्मासँग पराजित भएका थिए ।

शारदा नगरपालिकामा कुल संगठित सदस्य संख्या ११३ जना रहेको छ । जसमध्ये आज भएको निर्वाचनमा जम्मा ५८ मत खसेको थियो । उक्त मत गन्दा दुवै आकांक्षीले २९र२९ मत ल्याएका थिए । दुवै जनाको बराबर मत भएपछि गोलाप्रथाबाट प्रतिनिधि छानिएको थियो । जसमा शर्माले वाजी मारेका हुन ।

नेकपा एमालेले कर्णालीका ७९ ओटै पालिकामा प्रतिनिधि चयनलाई तीव्र बनाएको छ । एमालेले प्रदेशको प्रथम अधिवेशन असोज १० गते गर्ने भएको हो ।


सम्बन्धित समाचार