आठबीसबाट एमाले प्रतिनिधिमा नगरप्रमुख बडुवाल छानिएनन्
सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा आगामी असोज १० र ११ गते हुने प्रथम प्रदेश अधिवेशनका लागि आठबीस नगर कमिटिले सात जना प्रतिनिधि छनौट गरेको छ ।
उक्त प्रतिनिधि छनौटमा नगरपालिकाका उपप्रमुख कल्पना थापा पर्दा नगरप्रमुख एवम प्रदेश कमिटि सदस्य तर्क बडुवाल भने उक्त लिस्टमा अटाउन सकेनन् ।
एमालेले खड्गराज उपाध्याय, पदमबहादुर माझी, सिंहराज शाही, ओमजंग शाही, रामप्रसाद जैसी चयन भएका छन् ।
छनौट समितिका संयोजक नमराज खनालका अनुसार महिलातर्फ कल्पना कुमारी थापा र कमला थापा छानिएका छन् ।
प्रतिनिधि चयन भएपछि एमालेका नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् । प्रदेश कमिटि सदस्य हर्कबहादुर शाहीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अयोग्य भएका कारण प्रतिनिधि नछानिएको बताएका छन् ।
पहिलोप्रेस
३१ भाद्र २०८०, आईतवार १७:१७