असोज दुई गते कर्णाली एमालेले श्रद्धान्जली सभा गर्ने
सुर्खेत ।
नेकपा एमालेका उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वांगको निधन पश्चात नेकपा एमाले कर्णाली प्रदेश कमिटिले असोज दुई गते श्रद्धान्जली सभा गर्ने भएको छ ।
एमाले प्रदेश सचिव टेकराज पछाईका अनुसार आगामी असोज दुई गते एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको उपस्थितिमा उक्त सभा वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो ।
यसैबीच, भदौ तीस गते देखि एमालेले प्रदेश प्रतिनिधि चयन कार्य प्रारम्भ गरेपनि सबै पालिकाले टुंगो लगाउन अझै केहि दिन लाग्ने भएको छ । सचिव पछाईका अनुसार असोज १० गते अध्यक्ष केपि शर्मा ओलीद्धारा उद्घाटन हुने प्रथम अधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया तीव्र रुपमा चलिरहेको हो ।
उनका अनुसार, अधिकांश पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन, भने केहि पालिकामा सर्वसम्मत प्रतिनिधि चयनका लागि अभ्यास भइरहेको छ । केहि पालिकामा भने निर्वाचन नै हुने सम्भावना देखिएको सचिव पछाईले जनाए ।
उनले आगामी असोज दुई गतेभित्र सबै पालिकाबाट प्रतिनिधिहरुको विवरण आइसक्ने जानकारी दिए ।
पहिलोप्रेस
३१ भाद्र २०८०, आईतवार १६:५९