Loading... आजः २ कार्तिक २०८२, आईतवार

आज नवौं संविधान दिवस मनाईदै, मंगलगढीबाट र्याली निकालिदै‌

भ्रष्ट्राचार उन्मुलन अभियानले सफलता पाओसः प्रदेश प्रमुख परियार

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको आयोजनामा आज नवौं संविधान दिवस मनाईने भएको छ । अहिले विहान सात बजे मंगलगढी चोकबाट ¥याली निकालेर जिल्ला समन्वय समितिको हलमा संविधान दिवस मनाउने कार्यक्रम रहेको छ ।

¥यालीमा मुख्यमन्त्री राजकुमार शर्मा, प्रमुख प्रतिपक्षि दलका नेता यामलाल कंडेल, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरु, स्थानीय तहका प्रमुख एवम पदाधिकारीहरु, सुरक्षाकर्मीहरु लगायतको सहभागिता रहने बताइएको छ ।

यसैबीच कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संविधान दिवसको अवसरमा शुभकमना सन्देश दिएका छन् ।

‘झण्डै सातदशक नेपाली जनताको एकता–संघर्ष–त्याग बलिदानबाट संघियता ,धर्मनिरपेक्षता ,समानुपातिक ,समावेशीता र गणतन्त्र प्राप्त चार उपलब्धीको रक्षा ,व्यवहारमा प्रयोग गर्दै सुशासन , सामाजीक न्याय र समुद्धिका लागी अघि बढन अपरिहार्य भएको छ । देशमा विद्यमान जाति , आदिवासी ,जनजाति , महिला , दलित ,मधेशी , उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातिय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोश जागर र सद्भावना पलाओस यस दिवसले यहि सन्देश देओस भन्ने कामना गर्दछु ।’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘तिन तहका सरकारहरु संचालनमा आएदेखी जनताको घरदैलोमा सरकार सहजै पुग्न सफल भएको छ। संरचनाहरु संस्थागत र सुदृढ हुदै गएका छन । संविधानले परिकल्पना गरेको सामाजीक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढीरहेको छ । सरकारले संचालन गरेको भ्रष्ट्राचार उन्मुलन अभियानले सफलता हासिल गरोस शुभकामना छ ।’
यो दिवसले हामी सबैमा राष्ट्रियता , लोकतन्त्र , जनजिविकाका लागी सुशासन , सामाजिक न्याय र समृद्ध नेपाल निमार्णको लागी राष्ट्रिय संकल्प हासिल गर्न मन बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।


सम्बन्धित समाचार