कर्णाली सभाको वैठक भोली बस्दै, शोक प्रस्ताव पारीत गरिने
सुर्खेत ।
कर्णाली प्रदेश सभाको वैठक भोली असोज पाँच गते बस्ने भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएपछि बस्न लागेको प्रदेश सभाको वैठकमा शोक प्रस्ताव पारीत गरिने कार्यसूचि तय भएको सभामुख नन्दा गुरुङ्गले बताईन ।
‘आज बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले भोली बस्ने वैठकमा शोक प्रस्ताव पारीत गर्ने निर्णय भएको छ ।’ उनले भनिन्, ‘भोली बस्ने वैठक शोक प्रस्ताव पारीत गर्ने र अर्को वैठक असोज १५ गते दिउसो तीन बजे बस्ने निणर्य समितिले गरेको छ ।’
नेकपा एमालेको प्रथम प्रदेश अधिवेशन असोज १० गते हुने भएका कारण प्रदेश सभाको वैठक पर सारिएको हो ।
पहिलोप्रेस
४ आश्विन २०८०, बिहीबार १६:१४