Loading... आजः ४ पुष २०८१, बिहीबार

सुरक्षित कर्णाली विशेष अभियानको एआइजी भण्डारीद्धारा प्रशंसा

कर्णालीको सुरक्षा व्यवस्था मजवुत बनाउन निर्देशन

सुर्खेत ।
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले कर्णाली प्रदेश सरकारसँगको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरु गरेको सुरक्षित कर्णाली विशेष अभियानको प्रशंसा गरेका छन् ।

आज प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, प्रदेश ट्राफिक कार्यालयको निरीक्षण पश्चात प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उनले कर्णालीको सुरक्षा व्यवस्था मजवुत बनाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

‘यहाँहरुको यो अभियान अत्यन्तै महत्वपूर्ण छ । यो अभियानले कर्णालीका जनतालाई प्रहरीसम्मको पहुँचलाई थपविस्तार गर्ने र प्रहरीसँग जनताको सम्वन्ध थप प्रगाढ हुने मैले देखेको छु ।’ प्रहरीलाई निर्देशन दिदैं उनले भने, ‘तपाईहरु नागरिकको शान्ति सुरक्षामा थप खटिनुहोस ।’
यता, प्रदेश प्रहरी कार्यालयले कर्णालीका १ लाख ६० हजार भन्दा बढि घरधुरीमा स्टीकर टाँसिसकेको डिआइजी भिमप्रकाश ढकालले पहिलोप्रेसलाई बताए । ‘हामीले एक लाख ६० हजार भन्दा बढि नागरिकको घरमा स्टीकर टाँसिसकेका छौं । यसले हामीलाई सुचना संकलन गर्न र शान्ति सुरक्षालाई सुधार गर्न सहयोग पुगेको छ ।’

उनका अनुसार कर्णाली प्रदेशका दुई सय स्थानमा प्रदेश प्रहरीले ट्राफिक सचेतना वोर्ड राखिएको छ । यस्तै, सुरक्षा सचेतनाकालागि भन्दै कर्णाली प्रदेश भरि एक सय ओटा वोर्डहरु राखिएको छ भने प्रदेशका २९ ओटा स्थानमा डमि ट्राफिकपनि राखिएको छ ।

No description available.

यता, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसिले कर्णालीमा प्रहरीको दरवन्दी कम भएपनि प्रहरीले राम्रोसँग काम गरिरहेको बताए । ‘उहाँहरुसँग पर्यााप्त मात्रामा दरवन्दी अनुसार जनशक्ति छैन । स्रोत र सधानको अभाव एकातीर छ भने भौगोलिक विकटता अर्कोतर्फ छ ।’ उनले भने, ‘तरपनि उहाँहरु शान्ति सुरक्षा कायम गर्न देखि समाजमा हुने अपराध न्यूनिकरणकालागि अहोरात्र खटिरहनु भएको छ । यो उहाँहरुको प्रशंसायोग्य काम हो ।’

No description available.

मन्त्री जिसिले प्रहरी समायोजन ऐन, संघीय प्रहरी र प्रदेश प्रहरी सुपरीवेक्षण ऐन पारीत भइसकेको अवस्थामा के कति कारणले लागु हुन नसकेको हो, त्यसबारेमा प्रहरीका उच्च तहका कर्मचारीको धारणा के हो भनेर प्रश्न गरे ।

‘निजामती कर्मचारी समायोजना भइसकेको अवस्थामा प्रहरी समायोजन के कारणले रोकिएको हो ? किन समायोजन गर्न नसकिएको हो ? प्रहरी संगठनका उच्च तहका कर्मचारीको यसमा धारणा के हो ?’ उनले प्रश्न गरे, ‘यसमा तपाईहरु समान धारणा बनाउनु होस । संविधानको पालना गर्नु हामी सबैको कर्तव्य हो । यसलाई कार्यान्वयन गर्न लाग्नुहोस । हामी प्रदेशमा कार्यान्वयन गर्न तयार छौं ।’

 


सम्बन्धित समाचार