Loading... आजः ४ पुष २०८१, बिहीबार

सडक पूर्वाधारको गूरुयोजना निर्माण गर्दै कर्णाली

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालयले कर्णाली प्रदेशका दशै जिल्लामा रहेका सडकहरुको गुरुयोजना निर्माण गर्न लागेको छ ।

मन्त्री मंगल शाहीका अनुसार यसअघि निर्माण गरिएका सडक पूर्वाधारलाई एकीकृत रुपमा विकास गर्न र दिगोपनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो ।

‘हामी सुरुमा सडकहरुको नक्शांकन गर्ने र यसअघि निर्मित सडकलाई गुरुयोजनामा समेटने क्रममा छौं ।’ मन्त्री शाहीले भने, ‘त्यसपछि प्रदेश सरकारको लगानीमा रहेका सडकहरुलाई व्यवस्थित रुपमा विकास गर्दै लैजाने योजना बनाउँछौं ।’


सम्बन्धित समाचार