बाढी पहिरोबाट पीडित नागरिकलाई राहत बाँडदै कर्णाली सरकार
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले बाढी पहिरो तथा अन्य विपदमा परेर घरबारविहीन भएका कर्णालीका नागरिकलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत रक वितरण गर्ने भएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका दश जिल्लामा तीस लाख देखि पचास लाख रुपैंयासम्म पठाएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीका अनुसार कर्णालीका कम क्षति भएका दैलेख, जाजरकोट र रुकुम पश्चिममा ४० लाखको दरले राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाएको हो ।
यस्तै, डोल्पा जिल्लामा तीस लाख पठाएको मन्त्रालयले अन्य वाँकी ६ जिल्लामा भने पचास लाखको दरले रकम पठाइएको हो ।
‘राहत वितरण कार्यविधी २०७९ अनुसार घर पूर्ण रुपमा ध्वस्त भएकाहरुको हकमा प्रशासनले बढीमा दुई लाख रुपैंया उपलब्ध गराउनेछ भने आंशिक क्षति भएका घरका लागि बढीमा पचास हजार राहत दिइनेछ ।’ मन्त्री जिसीले भने, ‘घर बहालमा बस्नेहरुका लागि राहतस्वरुप बढीमा १५ हजार रुपैंया जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ ।’
उनका अनुसार, प्रदेश सरकारले चार करोड पचास लाख रुपैंया राहत वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको हो ।
पहिलोप्रेस
८ आश्विन २०८०, सोमबार ०९:३७