Loading... आजः ५ पुष २०८१, शुक्रबार

भेरी कोरिडोरको दुबैतर्फ झन्डै १६ हजार हेक्टर जमिनमा सिचाइ आयोजना सुरु

एक सय तीन आयोजना सम्पन्न

सुर्खेत ।
सुर्खेतको अधिकाश क्षेत्र र सल्यानको बनगाड कुपिन्डे नगरपालिका गरि भेरी कोरिडोर क्षेत्रमा हालसम्म एक सय तीन आयोजना सम्पन्न भएका छन ।

आर्थिक बर्ष २०७५/७६ मा सुरु गरिएको आयोजनाको १२५ किमी भेरी कोरीडोर पन्चवर्षिय गुरुयोजना तयार गरिएको थियो ।

सुर्खेत जिल्लाका ९ वटा पालिका, सल्यानको बनगाड नगरपालिकामा यो आयोजना संचालन भएको कार्यालय सिडिई इश्वरी प्रसाद तिवारीले बताए ।

भेरी कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालय बोटेचौर प्रमुख सिडिइ तिवारिका अनुसार हालसम्म सतह सिचाई अन्तर्गत ३ सय १२ योजनामा १ सय ३ योजना सम्पन्न भएका छन ।

उक्त गुरुयोजनामा सिम्ता, चिंगाड बनगाड कुपिरनडे नगरपालिकालाई जोन १ मा र गुर्भाकोट, लेकबेशी र भेरीगंगा नगरपालिका  जोन २ कार्याक्षेत्र छुटएर काम गरिने भएको छ । यस्तै बराताल, पन्चपुरी र चौकुने गाउपालिकामा कार्यक्षेत्र छुटाएर काम गरेको उनको भनाई छ ।

उनका अनुसार भेरि कोरिडोर गुरुयोजनामा सतह सिचाई मार्फत ८ हजार ७ सय ६ हेक्टर  जनिम लिफ्ट सिचाई मार्फत ७ हजार २ सय ८४ हेक्टर क्षेत्रफलमा सिंचित गर्ने गुरुयोजनामा उल्लेख छ ।

हालसम्म सतह सिचाई अन्तर्गत ३ सय १२ योजनामा १ सय ३ योजना सम्पन्न भएका छन । लिफ्ट सिचाईका १ सय केमि भेरि करिडोर क्षेत्रका १ सय ९५ योजनामा २८ सम्पन्न भएका छन ।

कुल लागत ३ अर्ब ६१ करोड ११ लाख रहेकोमा हालसम्म १ अर्ब ५२ करोड ४५ लाख ८४ हजार खर्च भएको आयोजनाको कार्याल बताएको छ । हालसम्म आयोजनाका वित्तियप्रगती बिवरण हेर्न हो भने ४२.२२ प्रतिशत भएको छ ।


सम्बन्धित समाचार