दैलेखमा फैलिदैं माओवादी, एक महिनामै साढे आठ सय प्रवेश
सुर्खेत ।
नेकपा मओवादी केन्द्र दैलेखमा फैलिँदै गएको छ । विगतमा कर्णालीका दशै जिल्ला मध्ये सबैभन्दा बमजोर जिल्लाको रुपमा रहेको दैलेखमा पछिल्लो एक महिनाको अवधीा मात्रै ८ सय४८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
‘जनतासङ माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पालिका स्तरीय समिक्षा बैठकमा नेकाप माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम कटुवालले सो जानकारी दिएका हुन ।
नारायण नगरपालिका दैलेख बाट भदौ २३ गते सुरु भएको पालिका स्तरीय बैठक आज असोज १३ गते आठबीस नगरपालिकामा पुगेर सप्पन्न भएको हो । बैठकमा हरेक घर घरमा पुग्ने, नागरिकलाई भेट्ने र भेटेका हरेक नागरिकहरूलाई माओवादीका बारेमा बुजाउने र माओवादी बनाउन सहयोग पुग्नेमा सुझाव समेत संकलन गरिएको थियो ।
नेकपा माओवादी केन्द्र दैलेखले रात्रीकालिन जनभेला सन्चालन गरेको छ । घर घरमा माओवादी जन जनमा माओवादी ३ महिने अभियान अन्त्रगत नागरिकहरुको रायसल्लाह संकलन गर्ने, नागरिकको सुझाव संकलन गर्ने, संगठन निर्माण गर्ने, नागरिकको घर घरमा पुग्ने र प्राप्त उपलब्धिको रक्षा गर्ने र जनतालाई जानकारी गराउनुने उदेश्यले अभियानमा रात्रीकालिन जन भेला गरिएको हो । रात्रीकालिन जन भेलामा टोल स्तरमा भेला , टोल तथा सेल कमिटी निर्माण गरिएको जिल्ला इन्चार्ज गोपाल शर्मा (अलन) ले जानकारी दिए ।
पहिलोप्रेस
१३ आश्विन २०८०, शनिबार १७:०१