‘मानव अधिकारका आधारभूत सूचकहरुको परिपुर्तिका लागि सरकार जिम्मेवार छ’
सुर्खेत ।
मानव अधिकारको संरक्षण र संवद्र्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिम असोज १३ गतेबाट सुर्खेतमा सुरु भएको छ ।
कर्णालीका सात जिल्लामा रही सक्रिय पत्रकारिता गरिरहनुभएका पत्रकारहरुलाई उक्त तालिम दिइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, डिसिए र सिसुको आयोजनामा सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोटका ३० जना पत्रकारलाई तालिम दिइएको छ ।
कार्यक्रममा सम्वोधन गर्दे कार्यक्रमलाई सम्वोधन गर्दे मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा मानव अधिकारका आधारभूत सूचकहरुको परिपुर्तिका लागि सरकार जिम्मेवार वनेको बताए ।
विगत देखि अहिले सम्म सरकार मानवअधिकारका लागि हरपल लडिरहेको बताए ।
‘मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सुचकहरु आवश्यक छ ।’ उनले भने, ‘हिजोआज र भोलीको विषयमा मानव अधिकारको चिन्ता राखाै । स्वतन्त्रता भनेको बुझाई, दृष्टिकोण र यथार्थमा रुपान्तरण हुने कुरा हो । शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षाका गर्न सरकार लागि परेको छ ।’
मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई कसरी माथि उठाउने ? भन्ने विषयलाई पच्छ्याएर सरकारले नीति तथा कार्यक्रम अगाडी ल्याएको बताए ।
उनले शिक्षा बिकराल बन्दै गएको समाजलाई दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना नै कमजोर भएको जनाए ।
इन्सेकका अध्यक्ष डा. कुन्धन अर्यालले पत्रकारिता र मानवअधिकार एउटै डुंगाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको औंल्याए ।
पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रिकारितालाई चुनौती रहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने बताए । भ्रामक समाचारबाट बच्नुपर्ने, जनचासोका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको उनको भनाई थियो ।
ज्ञान, सिप र समय आवश्यक रहेको भन्दै पत्रकार अग्रपंतिको मानव अधिकार रक्षक रहेकोले सबैजना मिलेर सँगसँगै अगाडी बढ्नुपर्ने उनको सुझाव छ ।
नेपाल पत्रकार महासंघकका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले यो तालिमले कर्णालीमा मानवअधिकारका सवालमा केही सहयोग पुग्ने बताए ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समाजमा घट्ने विभिन्न घटना परिघटनालाई मानवअधिकारसँग जोडेर रिपोर्टिङ्ग गर्न सहज होस् भनेर यो तालिमको आयोजना गरिएको बताए ।
पहिलोप्रेस
१३ आश्विन २०८०, शनिबार १७:०८