Loading... आजः ४ पुष २०८१, बिहीबार

गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद बाँडदैछ एमाले: पुर्ब मुख्यमन्त्री शाही


सुर्खेत ।
कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बर्तमान गठबन्धन भत्काउन नेकपा एमालेले विभिन्न दललाइ प्रधानमन्त्रीको पद बाड्न लागेको आरोप लगाएका छन ।

प्रेस सेन्टर नेपालका पदाधिकारी तथा सदस्यहरुसङ्ग दशै तथा दिपावलीको अबसरमा शुभकामना आदान प्रदान गर्न आयोजना गरिएको भेटघाट कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन ।

“गठबन्धन भत्काउन माधव नेपाल, रबि लामिछानेलाइ एमालेले प्रधानमन्त्रीको अफर गरिरहेको छ । यसको उदाहरण कोशी नै हो ।” उनले भने, “गठबन्धन टुटाउन काङ्ग्रेस फुटाउने रणनीति यी शक्तिहरुको हो ।”

उनले अब कति दिन नेतृत्वमा रहन्छौ भन्न नसकिने बताए ।
“हिजो विश्व सर्बहारा भन्यौं, अहिले आफ्नो जितको खोजिमा आत्म केन्द्रीत बन्दै गएका छौं ।अबसरबादी चरित्रमा भौतारिएका छौँ । हामी अबसर प्राप्तिमै रुमल्लियौ । अनि पार्टी कसरी बन्छ ?” माओबादी पार्टी निरन्तर ओरालो लाग्नुको कारण बताउदै उनले भने, “सबै शक्ति केन्द्र माओबादी बिरुद्व लाग्ने, हामी चाहिँ स्वार्थमा लाग्ने, मुख्य नेतृत्व दिने, हामी सबै मगन्ते भयौं ।”

उनले नेताको ढोका चाहर्दैमा पाइने पदले पार्टीलाई फाइदा नगर्ने बताए । “क्षमता, इच्छाशक्ति नभए केही हुदैन, पद जसरी आए त्यसरी जान्छन ।” उनी भन्छन, “क्षमता बढाउन भन्दा लाभको पदमा कसरी पुग्ने भन्ने नै होडबाजी हुने हो भने पार्टी सकिन्छ, सबैले यसबारे गम्भीर समिक्षा गर्न जरुरी छ ।”

उनले नेतृत्व सक्षम भएकै कारण आजसम्म पार्टी रहेको बताए ।

“हरेक नेतृत्व बिबादमा परिरहेको अबस्था छ, नेतृत्वले गल्ति गरेको भए स्विकार गर्नु पर्यो नत्र खण्डन गर्नु पर्यो ।” उनले भने, “त्यसो नहुदा पार्टी निर्माणमा ठूलो क्षती भएको छ । तसर्थ नेतृत्वले लागेको आरोपबारे जस्टिफाइ दिनुपर्यो, जवाफ दिनुपर्यो ।”

उनले युबालाइ पार्टीमा आकर्षण बढाउन राजनितीक बहस गर्न जरुरी रहेको बताए ।

 


सम्बन्धित समाचार