Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

कर्णाली सरकारको आकस्मिक वैठक बस्दै

सुर्खेत ।
गएराती आएको भुकम्पमा परी हालसम्म जाजरकोट र रुकुम पश्चिममा विहान ६ बजेसम्म ७३ जनाको मृत्यू भएको छ । गयराती आएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पमा परि जाजरकोटका ४४ जनाको मृत्यू भएको प्रदेश प्रहरी प्रमुख भीमप्रकाश ढकालले जानकारी दिए ।

डिआइजी ढकालका अनुसार भेरी नगरपालिकाका ३०, नलगाढ नपाका ६, कुशे गापाका ७ र छेडागाड नपाका एक जनाको मृत्यू भएको हो ।

यस्तै, रुकुम पश्चिममा पनि भुकम्पमा परेर २९जनाको मृत्यू भइसकेको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार आठबीसकोट नपामा र सानीभेरी गाउँपालिका गरी २९ को ज्यान गएको हो ।

मन्त्रीपरिषद वैठक बस्दै
जाजरकोट लगायतका जिल्लामा आएको भुकम्पका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि अहिले कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको आकिस्मिक वैठक बस्न लागेको छ ।

सरकारको प्रवक्ता एवम आन्तरिक मामिल तथा कानून मन्त्री कृष्ण जिसीका अनुसार मुख्यमन्त्री निवासमै मन्त्री परिषदको वैठक बस्न लागेको हो ।

‘अहिले विपद व्यवस्थापन समितिको वैठक बसिरहेको छ । भुकम्पमा परेकाहरुको उद्धार गर्न, उनिहरुको उपचारका लागि अहिले चिकित्सकाको टोली पठाउन लागेका छौं ।’ मन्त्री जिसीले भने, ‘त्यसपछि राहत, उद्धार कार्य गर्ने र मन्त्री परिषदको वैठक बसेर थप निर्णय लिने तयारी भइरहेको छ ।’


सम्बन्धित समाचार